logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

भोलिदेखि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गतको ओपीडी सेवा सुरु हुने


  • जन आकाश
  • आइतबार, असार १४ २०८३

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको बहिरङ्ग (ओपीडी) सेवा पुनः सञ्चालन गर्ने भएको छ।



अस्पताल प्रशासनले एक सूचना जारी गर्दै आगामी भोलि (असार १५ गते) देखि स्वास्थ्य बीमा अन्तर्गतको ओपीडी सेवा मात्र पुनः सुरु हुन लागेको जानकारी दिएको हो। यस निर्णयबाट स्वास्थ्य बीमा गराएर शिक्षण अस्पतालमा उपचार गराउँदै आएका सर्वसाधारण बिरामीहरूलाई राहत मिल्ने विश्वास गरिएको छ।

अस्पतालका अनुसार बीमा अन्तर्गतको ओपीडी टिकट वितरणका लागि समय समेत निर्धारण गरिएको छ। बिरामीहरूले बिहान ७:०० बजेदेखि ११स:०० बजेसम्म र दिउँसो १स:०० बजेदेखि २स:३० बजेसम्म अस्पतालको बीमा टिकट काउन्टरबाट टिकट प्राप्त गर्न सक्नेछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend