logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

विद्युत प्राधिकरणले लाइन नकाटिकनै मर्मत गर्ने नयाँ अभ्यास सुरु


  • जन आकाश
  • आइतबार, असार १४ २०८३

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले विद्युत् लाइन नकाटिकनै मर्मत सम्भार गर्ने नयाँ कार्यको थालनी गरेको छ। लुम्बिनी प्रादेशिक कार्यालयबाट सुरु गरिएको यो अभ्यास नेपालमै पहिलो पटक प्रयोग गरिएको प्राधिकरणले जनाएको छ। कार्यक्रमको सुरुवात नेपाल विद्युत् प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक दिर्घायु कुमार श्रेष्ठको उपस्थितिमा गरिएको हो।



लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख मनोज कुमार यादवका अनुसार उपभोक्तालाई बिना अवरोध गुणस्तरीय तथा निरन्तर विद्युत् सेवा उपलब्ध गराउने उद्देश्यले चालु अवस्थामै अत्याधुनिक उपकरण प्रयोग गरेर मर्मत कार्य सुरु गरिएको हो। विद्युत आपूर्तिलाई थप भरपर्दो र गुणस्तरीय बनाउने लक्ष्यसहित यो कार्यलाई आगामी दिनमा अन्य क्षेत्रमा पनि विस्तार गर्ने योजना रहेको प्राधिकरणले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend