logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

श्रीमती हत्या आरोपमा ‘नेपाली ब्रो’सहित चार जनाविरुद्ध मुद्दा दर्ता


  • जन आकाश
  • बिहिबार, असार १८ २०८३

काठमाडौं । श्रीमती अम्बिका भुजेलको हत्या आरोपमा पक्राउ परेका ‘नेपाली ब्रो’ भनेर चिनिने नुवाकोटका ३८ वर्षीय कुमार थापामगरसहित चार जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।



काठमाडौं प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार अदालतमा मुद्दा दर्ता गरेको हो। अभियोगअनुसार थापामगरले जेठ २२ गते तार्केश्वरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका थिए।

घटनामा संलग्न रहेको आरोपमा थापामगरसँगै उनकी प्रेमिका प्रतिक्षा आचार्य, भाइ विक्रम थापामगर र पुजन क्षेत्री थापाविरुद्ध पनि ज्यान तथा मतियारको कसुरमा मुद्दा दर्ता गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend