logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

आन्दोलनमा प्रेस काउन्सिलका कर्मचारी


  • जन आकाश
  • बिहिबार, असार १८ २०८३

काठमाडौं । प्रेस काउन्सिलका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । महंगी भत्ता नपाएको भन्दै काउन्सिलमा स्थायी कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।



काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाल कार्यकक्षमा रहेका बेला अन्य कर्मचारीहरूले ढोका लागइदिएर बाहिर बसेका हुन् । कर्मचारीहरूका बीचमा विभेद भएको भन्दै करार कर्मचारी समेत असन्तुष्ट रहेका छन् ।

गत माघदेखी महंगी भत्ता नपाएको कर्मचारीहरूले बताएका छन् । काउन्सिलमा २२ जना स्थायी कर्मचारी रहेका छन् । उनीहरुले सूचना तथा प्रसारण विभागका महानिर्देशकविरुद्ध पनि आन्दोलन गरेको बताएका छन् ।

आर्थिक अधिकार, सूचना तथा प्रसारण बिभागका महानिर्देशकलाई हुने भएका कारण उनीहरूले यसमा जोडेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend