जन आकाश
काठमाडौं । प्रहरी असई भएको भन्दै बर्दीको तस्वीर देखाएर विभिन्न आश्वासन दिई १५ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा इलाम नगरपालिका–१० की ३३ वर्षीया दीपिका बोहोरा (तामाङ) पक्राउ परेकी छन्।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोंगबुबाट पक्राउ गरेको हो। पक्राउ परेकी बोहोरालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend