जन आकाश
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादनको काम भइरहेको बताएका छन्।
सरकारको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन्। सरकारले २०८३ साल असार १८ गते हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो।
सरकारको पुनः सञ्चालन गर्ने निर्णयसँगै अर्थ मन्त्रालयबाट बजेट निकास भइसकेको पनि सचिव राउतले जानकारी दिए।
पछिल्लो समयमा सात वटा बन्द भएका अथवा रूग्ण उद्योगहरूको सम्पत्ति तथा दायित्वको मूल्यांकन कार्य (डिडिए) रिपोर्ट बनाउने काम भइरहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालन कसरी सञ्चालन गर्ने भन्नेबारेमा भने डिडिए रिपोर्ट आएपछि मात्रै तय हुने उनले बताएकाछन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend