logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरण विभागको सूचना


  • जन आकाश
  • मंगलबार, असार २३ २०८३

काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई ७ दिनभित्र विभागमा उपस्थित हुन सूचना जारी गरेको छ।



विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी जाँचबुझका क्रममा केही विषयमा सोधपुछ गर्नुपर्ने भएकाले सूचना प्राप्त भएको ७ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको हो।

विभागले यसअघि नै जयवीरका बुबा शेरबहादुर देउवा र आमा आरजु राणा देउवालाई पनि बयान तथा सोधपुछका लागि बोलाइसकेको छ। तर देउवा र उनकी श्रीमती आरजु अदालतमा उपस्थित भएकाछैनन् । बिभागले यसअघि पनि पटक पटक अदालतमा उपस्थित हुन पत्र पठाएको थियो ।

विभागले जारी गरेको पुर्जी बुढानीलकण्ठस्थित देउवा निवासमा समेत टाँस गरिएको जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend