जन आकाश
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका थप २४८ जना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ।
पहिलो चरणमा न्यून बचत भएका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिएको हो । हालसम्म उक्त सहकारीका कुल १ हजार ११७ बचतकर्ताले आफ्नो बचत पाइसकेका छन्।
सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम नै कानुनी व्यवस्थाअनुसार सम्बन्धित सहकारीका बचतकर्तालाई फिर्ता गर्ने कार्य जारी राखेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend