logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सात जिल्लामा बर्डफ्लु नियन्त्रण


  • जन आकाश
  • मंगलबार, असार २३ २०८३

काठमाडौं । झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु रोग नियन्त्रणमा आएको छ। पशुसेवा विभागका अनुसार पछिल्लोपटक ११ जिल्लामा फैलिएको बर्डफ्लु सङ्क्रामक हाल सात जिल्लामा नियन्त्रणमा आइसकेको हो।



तर, काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा भने बर्डफ्लु अझै पूर्ण रूपमा नियन्त्रणमा आइनसकेको विभागले जनाएको छ। रोग नियन्त्रणका लागि विभागले प्राविधिक टोली परिचालन गर्दै सङ्क्रमित क्षेत्रका सम्पूर्ण पन्छी उत्पादन नष्ट गरिदै छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend