logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कैलालीमा हिरासतबाट भागेका थुनुवा पक्राउ


  • जन आकाश
  • बिहिबार, असार २५ २०८३

धनगढी । कैलालीमा प्रहरी हिरासतबाट भागेका थुनुवा पक्राउ परेका छन् ।



आइतबार राति इलाका प्रहरी कार्यालयको हिरासतबाट भागेका लागुऔषध मुद्दाका थुनुवा टीकापुर(१ का ३१ वर्षीय संजय नगार्जीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी योगेन्द्र तिमिल्सिनाले नगार्जीलाई टीकापुर नगरपालिका(४ को अन्नेरीबाट पक्राउ गरिएको जानकारी दिए ।

उनकाअनुसार इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक९डीएसपी०प्रकाश डांगीको नेतृत्वको टोलीले नगार्जीलाई नियन्त्रणमा लिएको हो ।

उनी पहिचान नखुल्ने गरी हेलमेट र मास्कले अनुहार छोपेर मोटरसाइकल चलाइरहेका बेला समातिएका हुन् । नगार्जी आइतबार राति पानी पिउने बहाना बनाएर डिउटीमा रहेका प्रहरी जवान लली भण्डारीलाई लडाएर भागेका थिए ।

घटनापछि प्रहरीले भण्डारीलाई निलम्बन गरेर छानबिन गरिरहेको छ । डीएसपी तिमिल्सिनाको नेतृत्वमा समिति गठन गरेको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend