logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

वर्षाका कारण म्भावित जोखिम : बीपी राजमार्गमा तत्कालका लागि सवारी साधन ‘होल्ड’


  • जन आकाश
  • सोमबार, असार २९ २०८३

काठमाडौँ । काभ्रेपलान्चोकको रोशी खोला जलाधार क्षेत्रमा भइरहेको वर्षाका कारण बीपी राजमार्गमा सवारी साधनको आवागमन तत्कालका लागि रोकिएको (होल्ड गरिएको) छ ।



जिल्ला प्रहरी कार्यालय, काभ्रेपलान्चोकले सोमबार दिउँसो १२ः ३३ बजे एक सूचना जारी गर्दै सम्भावित जोखिमलाई मध्यनजर गरी सवारी आवागमन ‘होल्ड’ गरिएको जनाएको हो । रोशी खोला क्षेत्रमा पानी परिरहेकाले नदीमा बहाव बढ्न सक्ने र राजमार्गमा जोखिम हुन सक्ने अवस्थालाई ध्यानमा राखेर सुरक्षा सतर्कता अपनाइएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार सडक मार्गमा थप कुनै अवरोध नभएको अवस्थामा आवश्यक जाँचबुझ गरी चाँडै अर्को सूचनामार्फत बाटो सुचारु भएको जानकारी गराइनेछ ।

यात्रामा निस्किनुअघि सडकको अवस्था र थप जानकारी बुझ्नका लागि नेपाल प्रहरीको हटलाइन नम्बर १०० वा ट्राफिक प्रहरीको १०३ मा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालयले यात्रुहरूलाई अनुरोध गरेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend