जन आकाश
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको र बिहीबारदेखि बंगालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को प्रभावसमेत सुरु हुने महाशाखाले जनाएको हो।
महाशाखाले आज बिहान जारी गरेको मौसम बुलेटिनअनुसार कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रहनेछ। देशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
बिहीबारदेखि भने कोसी, मधेस र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
मौसममा हुने परिवर्तनका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै महाशाखाले मौसमसम्बन्धी अद्यावधिक सूचना लिएर आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend