logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

तस्करी प्रकरणमा २ डीएसपीसहित ८ सशस्त्र प्रहरीमाथि छानबिन


  • जन आकाश
  • मंगलबार, असार ३० २०८३

काठमाडौं । सशस्त्र प्रहरी बलका २ डीएसपीसहित ८ जनालाई हेडक्वाटर तानेर छानबिन सुरु गरिएको छ । छानबिनमा तानिनेमा यसअघि झापाको काँकडभिट्टामा कार्यरत रही हाल इलाममा कार्यरत रहेका डीएसपी लोकनाथ उप्रेती, सीमा सुरक्षा गुल्म हरिपुर सुनसरीका शमशेर कार्की, बोर्डर आउट पोस्ट (बीओपी)को लौकही सुनसरीका इन्स्पेक्टर नरेन्द्र चन्द छानबिनका लागि सशस्त्र हेडक्वाटर हल्चोक तानिएका छन् ।



यसअघि नं.३८ रिजर्भ गणमा कार्यरत हवल्दारद्वय हरि मगर, केशव गुरुङ, नं। २ गण झापामा कार्यरत हवल्दार विश्वास राजवंशी, सशस्त्रको पूर्व क्षेत्रीय अस्पताल सुनसरीमा कार्यरत सइ गणेश खड्का, नं। ४ गण सुनसरीमा कार्यरत जवान पारस यादव तानिएका थिए ।

सई खड्का र अन्य सुरक्षाकर्मीले बयानका क्रममा डीएसपी, इन्सपेक्टहरूको नाम लिएपछि उनीहरूलाई पनि तानिएको छ । तस्करीका लागि रकम उठाएर मासिक रूपमा इन्स्पेक्टर, डीएसपीहरुलाई बुझाउने गरेको उनीहरूले बताएका छन् ।

यता सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्कीले केही व्यक्तिलाई छानबिनका लागि तानेको पुष्टि गरे पनि नाम भने सार्वजनिक गर्न मानेनन्। छानबिनका लागि केही व्यक्तिलाई तानेको हौं । उहाँहरूको नाम भने सार्वजनिक गर्न मिल्दैन,’ उनले भने ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend