logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कोपील लम्साल र केशव पाण्डे दुई पत्रकारको पहलमा ८४ वर्षीया वृद्धाले पाइन् नयाँ घर


  • जन आकाश
  • बुधबार, असार ३१ २०८३

काठमाडौं । गुल्मीको मालिका गाउँपालिका–८ निवासी ८४ वर्षीया खिमा सुनारले पत्रकारहरूको पहलमा नयाँ घर प्राप्त गरेकिछिन् । हावाहुरीले पुरानो जीर्ण घरको छाना उडाएपछि खुला आकाशमुनि बस्न बाध्य भएकी ८४ वर्षीया वृद्धा आमाको लागि नयाँ घर निर्माण गरिएको हो।



करिब तीन दशकदेखि एक्लै बस्दै आएकी खिमा सुनारको जीर्ण घर नै उनको एकमात्र आश्रय थियो। केही समयअघि आएको भीषण हावाहुरीले घरको छाना उडाएपछि थप समस्या भएको थियो।

यस अवस्थाबारे जानकारी पाएपछि पत्रकार कोपील लम्साल र केशव पाण्डेले आवश्यक समन्वय र सहयोग जुटाएर एक्ली आमाको लागि सुरक्षित र बलियो घर निर्माण गराएका हुन्। यसअघि पनि विभिन्न अवसरमा खिमा सुनारलाई दुई पत्रकारले सहयोग गर्दै आएका थिए ।

नयाँ घर हस्तान्तरणपछि भावुक हुँदै खिमा सुनारले पत्रकार लम्साल र पाण्डेलाई आफ्ना छोरासरह सम्झँदै कठिन समयमा साथ दिएकोमा मनैदेखि धन्यवाद दिएकी थिइन् । अब जीवनको बाँकी समय सुरक्षित रूपमा बिताउन पाउने विश्वास व्यक्त गरिन् ।

स्थानीयवासीका अनुसार पत्रकारहरूको पहलबाट निर्माण भएको घरले एक असहाय वृद्धालाई सुरक्षित आश्रय मात्र नभई नयाँ आशा पनि दिएको छ। उक्त सहयोगलाई स्थानीयले मानवता र सामाजिक उत्तरदायित्वको उदाहरणका रूपमा लिएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend