logo बिहिबार, साउन १४ २०८३ | Thursday 30th July 2026

सदभाव भड्केकोमा राजा ज्ञानेन्द्रद्धारा चिन्ता व्याक्त सवै मिलेर बस्न आग्राह


  • जन आकाश
  • बिहिबार, साउन १४ २०८३

काठमाडाै । पूर्व राजाा ज्ञानेन्द्रद्धारा सुनसरीमा भएको घटना र त्यसपछि तराईमा उत्पन्न परिस्थितिलाई लिएर आफु चिन्तित रहेको र आम नेपालीहरु सवै मिलेर बस्दै आएको सवै धर्म सदभावपूूर्ण मान्दै आएको विश्वमै हाम्रो सम्मान रहेको छ । जोकोही नेपाली हामी जाहासुकै बसेको भएपनि हामी मिलौ भन्दै सन्देश सार्वजनिक गरेका छन् । प्रेस सल्लाहकार फणिन्द्र पाठकद्धारा सार्वजनिक सन्देशमा उल्लेख भएकाे बिज्ञप्ति जस्ताको तस्तै उल्लेख गरेका छाै।



“ श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट बक्सेको सद्भाव सन्देश

हामी नेपालीहरु नेपाल निर्माणको सुरुवाति समय देखि नै परस्पर मिलिजुली, हाँसी खुशी एक अर्कामा माया प्रिति गाँसी रहे बसेका जातजाती हौं । हो, हाम्रो समाज बहुजातीय, बहुभाषिक छ । हाम्रा आ(आफ्नै धर्म संस्कृति र रितिथिति छन । हरेकले आ(आफ्ना तबरले आस्था र मान्यता राख्दै आएको हाम्रो परम्परा छ । यही विशिष्ट धार्मिक, सांस्कृतिक एवम सामाजिक गुणका कारणले नै विश्वमा हाम्रो सम्मान पनि रहेको छ । यो प्रकारको नेपाली विशेषता र गौरब गरिमालाई हामीले गुम्न दिनु हुदैन । कोही कसैबाट यसमा खलल पार्ने काम हुनु हुँदैन ।

केही दिन अगाडी सुनसरी जिल्लाको केही गाउँबस्तीमा भडकिएको आपसी द्धन्द र विवादबाट जनधनको क्षति भएको र यसको असर फैलिदै गएर कोशी क्षेत्र र तराइका विभिन्न भू(भागको जनजीवन अशान्त बनेको सुन्दा हामीलाई अत्यन्त दुःख लागेको छ । समाजका सबै समुदायमा सामन्जस्य रहेको देशका रुपमा सुपरिचित नेपालमा यस प्रकारका अवाच्छित घटना, दुर्घटना घट्नु चिन्ताको विषय हो । यो हाम्रो मौलिक मुल्य र मान्यता विपरितको विषय हो । त्यसैले जुनसुकै भू–भागमा रहे बसेका जो कोही पनि हामी नेपाली मिलौं । हाम्रो यही आग्रह छ । यही आजको आवश्यकता हो ।

जय नेपाल
मिति २०८३ साल श्रावन १४ गते
सम्बाद सचिबालय
निर्मल निवास ”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend