जन आकाश
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष जनरल धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
सोमबार शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले भारतीय स्थल सेनाध्यक्ष सेठलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
नेपाल र भारतका सेना प्रमुखलाई एकअर्काको देशको सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा सन् १९५० देखि सुरु भएको हो। सेठलाई प्रदान गरिएको मानार्थ महारथीको दर्ज्यानी चिह्नले दुई देशका सेनाबीच कायम रहेको लामो समयदेखिको परम्परा र पारस्परिक सम्बन्धलाई निरन्तरता दिएको छ।
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष सेठ तीनदिने औपचारिक भ्रमणका क्रममा आइतबार काठमाडौं आएका हुन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend