जन आकाश
ललितपुर । ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू नेपाल सरकारसँग सहमति भएपछि आ(आफ्नो घर फर्किएका छन्।
नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबिच हिजो भदौ ६ गते भएको वार्तामा १४ बुँदे सहमति भएसँगै धर्ना कार्यक्रम स्थगित भएको हो। सहमति पश्चात् आज बिहान ८ः५० बजेदेखि सरकारले साझा यातायातका बसहरूको व्यवस्था गरी उनीहरूलाई गन्तव्यतर्फ पठाएको छ।
विभिन्न सरकारी निकायका अधिकारीहरुको उपस्थितिमा ३२३ जना ऋणीहरूलाई ८ वटा बसमार्फत बिदाइ गरिएको छ। झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासी लगायतका जिल्लाका ऋणीहरूलाई आ (आफ्नो क्षेत्रतर्फ पठाइएको छ। उनिहरु सरकारले समयमा नै वार्ता गरी आफुहरुलाई न्याय दिनेका विश्वस्त हुदै घर फर्केका हुन् ।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend