logo शुक्रबार, भाद्र २६ २०८३ | Friday 11th September 2026

दीपक साहले सम्हाले उद्योग मन्त्रालयको जिम्मेवारी


  • जन आकाश
  • शुक्रबार, भाद्र २६ २०८३

काठमाडौं । नवनियुक्त उद्योगमन्त्री दीपक साहले पदभार ग्रहण गरेका छन्। साहले सिंहदरबारस्थित उद्योग मन्त्रालयमा पुगेर शुक्रबार पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहणका क्रममा मन्त्रालयका कर्मचारीहरूले मन्त्री साहलाई फूल तथा खादाले स्वागत गरेका थिए।



प्रधानमन्त्री बालेन शाहको सिफारिसमा राष्ट्रपतिले आज साहलाई उद्योगमन्त्री नियुक्त गरेका थिए। नियुक्तिपछि आजै साँझ राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा साहले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका थिए।

साह सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसदसमेत हुन्। यसअघि उद्योगमन्त्री रहेकी गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी थिइन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend