logo शुक्रबार, भाद्र २६ २०८३ | Friday 11th September 2026

चेरी लगातार दोस्रो वर्ष चीनमा सवारी विश्वसनीयतामा नम्बर १


  • जन आकाश
  • शुक्रबार, भाद्र २६ २०८३

काठमाडौं । चीनको अग्रणी अटोमोबाइल ब्रान्ड चेरी लगातार दोस्रो वर्ष सवारी साधनको विश्वसनीयतामा नम्बर १ बनेको छ।



२०२६ जे.डी. पावर चाइना भेहिकल डिपेन्डेबिलिटी स्टडी (भीडीएस) अनुसार चेरी चीनका अटोमोबाइल ब्रान्डमध्ये सवारी विश्वसनीयतामा पहिलो स्थानमा परेको हो। यस उपलब्धिले गुणस्तर, टिकाउपन र भरपर्दो प्रदर्शनप्रति चेरीको प्रतिबद्धतालाई थप बलियो बनाएको कम्पनीले जनाएको छ।

जे.डी. पावरको अध्ययनमा १३ देखि ४८ महिनासम्म पुराना सवारी साधनका मालिकले पछिल्लो ६ महिनामा भोगेका समस्याका आधारमा विश्वसनीयता मूल्यांकन गरिएको थियो। अध्ययनमा चीनका ८० सहरका ११ हजारभन्दा बढी सवारीधनी, ३४ ब्रान्ड र १०९ मोडल समेटिएका थिए।

नेपालमा पनि चेरी क्यूको सुरुवातसँगै चेरी ग्रुपअन्तर्गतका ओमोडा, जेइको र आइकार ब्रान्डको उपस्थिति विस्तार भइरहेको छ। यी ब्रान्डले नेपाली बजारमा आधुनिक डिजाइन, स्मार्ट प्रविधि र विभिन्न आवश्यकताअनुसारका सवारी साधन उपलब्ध गराउँदै आएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend