जन आकाश
काठमाडौं । विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सिप्रभ्य समूहअन्तर्गतका सिप्रदी र भोटेकोशी पावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्।
उक्त रकम बाढी प्रभावित परिवारको उद्धार तथा राहत, स्वास्थ्य उपचार र क्षतिग्रस्त पूर्वाधारको पुनःस्थापनामा उपयोग हुने अपेक्षा गरिएको छ।
यसैबीच, समूहअन्तर्गतको सिप्रदियन सहायता संस्थाले पनि प्रभावित समुदायमा प्रत्यक्ष राहत तथा सहयोग कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। संस्थाका प्रतिनिधिहरूले स्थानीय आवश्यकता पहिचान गरी खाद्यान्न, अत्यावश्यक राहत सामग्री तथा अन्य आधारभूत सामग्री वितरण गरिरहेका छन्।
सिप्रभ्य समूहले विपद्को कठिन समयमा प्रभावित समुदायसँग ऐक्यबद्ध भएर राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend