जन आकाश
काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा घरबारविहीन भएका परिवारलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रभु बैंकका सञ्चालक तथा कर्मचारीहरूले स्वेच्छिक रूपमा संकलन गरेको रु. ४० लाख ८० हजार ५० प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ।
विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका प्रयासमा सहयोग पुर्याउने उद्देश्यले बैंकका सञ्चालक तथा कर्मचारीहरूको तर्फबाट संकलित उक्त रकमको चेक प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुमन शर्माले माननीय अर्थमन्त्रीज्यूलाई अर्थ मन्त्रालयमा हस्तान्तरण गर्नुभएको हो।
यसअघि पनि बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले प्रभु बैंकले १०० थान टेन्ट तथा १०० थान स्लिपिङ ब्याग जिल्ला प्रशासन कार्यालय, नुवाकोटमार्फत प्रभावित परिवारलाई उपलब्ध गराएको थियो।
त्यसैगरी, प्रभु बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रु. २ करोड ११ लाख ११ हजार १११ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग रकमको चेकसमेत हस्तान्तरण गरेको छ।
प्राकृतिक विपद्का कारण ज्यान गुमाउनुहुने स्वदेशी तथा विदेशी नागरिकहरूप्रति प्रभु बैंक हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ। साथै, सम्पर्कविहीन नागरिकहरूको शीघ्र उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्बाट प्रभावित सम्पूर्ण समुदायप्रति बैंक गहिरो समवेदना व्यक्त गर्दछ।
प्रभु बैंकले विपद्को यस कठिन घडीमा प्रभावित नागरिक तथा समुदायको राहत, उद्धार तथा पुनर्स्थापनाका प्रयासमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend