जन आकाश
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन् । उनी २८ भदौदेखि ३ असोजसम्म चीन भ्रमणमा रहने सैनिक मुख्यालय जंगी अड्डाले जनाएको छ ।
भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले चीनको राजधानी बेइजिङमा आयोजना हुने १३औं बेइजिङ स्याङसन फोरममा सहभागी हुनेछन् ।
प्रधानसेनापति सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसीले बिदाइ गरेका थिए ।
प्रधानसेनापति सिग्देलको चीन भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई थप विस्तार र सुदृढ बनाउन सहयोग पुग्ने नेपाली सेनाले जनाएको छ । साथै, सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिलाई थप योगदान पुग्ने अपेक्षा गरिएको छ । प्रधानसेनापति सिग्देल चीन भ्रमणमा रहँदा बलाधिकृत रथी प्रदीपजंग केसीले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नेछन्
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend