logo बिहिबार, असोज १ २०८३ | Thursday 17th September 2026

कामना सेवा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न, १५ प्रतिशत नगद लाभांश पारित


  • जन आकाश
  • बिहिबार, असोज १ २०८३

काठमाडौं ।कामना सेवा विकास बैंकको २०औँ वार्षिक साधारणसभा बुधबार काठमाडौंमा सम्पन्न भएको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सभा सम्पन्न भएको हो।



साधारणसभाले अग्राधिकार सेयरधनीलाई अग्राधिकार सेयर बाँडफाँट भएदेखि २०८३ असार मसान्तसम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत लाभांश तथा साधारण सेयरधनीलाई चुक्तापुँजीको १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

सभाले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षकको प्रतिवेदनसहित वार्षिक वित्तीय विवरण, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँट हिसाब तथा वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पनि पारित गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend