logo बिहिबार, असोज १ २०८३ | Thursday 17th September 2026

वीरगञ्जमा  भारतीय कारबाट चार थान पेस्तोल र गोली बरामद


  • जन आकाश
  • बिहिबार, असोज १ २०८३

काठमाडौं । पर्साको वीरगञ्जमा बेवारिसे अवस्थामा फेला परेको भारतीय नम्बर प्लेटको कारबाट चार थान पेस्तोल र ६ थान गोली बरामद भएको छ।



वीरगञ्ज महानगरपालिका–१५ स्थित वास्तुबिहार चोकमा बुधबार बेवारिसे अवस्थामा रहेको यूपी १६ एजे ३३०१ नम्बरको कारबाट सशस्त्र प्रहरीले हतियार र गोली बरामद गरेको हो।

सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरोबाट प्राप्त विशेष सूचनाका आधारमा नं. १३ गण हेडक्वार्टर पर्साबाट खटिएको टोलीले कारको जाँच गर्ने क्रममा दुई थान कटुवा पेस्तोल, दुई थान सिक्सर पेस्तोल र ७.६२ एमएमका ६ थान गोली फेला पारेको जनाएको छ।

बरामद भएका पेस्तोल, गोली तथा कारलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend