logo बिहिबार, असोज १ २०८३ | Thursday 17th September 2026

नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा महालक्ष्मी विकास बैंकको सहभागिता


  • जन आकाश
  • बिहिबार, असोज १ २०८३

काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०८३ मा सहभागिता जनाएको छ।



नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल जग्गा तथा आवास विकास संघको संयुक्त आयोजनामा असोज १ गतेदेखि ४ गतेसम्म सञ्चालन भइरहेको प्रदर्शनीमा बैंकले घर तथा जग्गा खरिद र घर निर्माणका लागि आवश्यक कर्जासम्बन्धी परामर्श तथा सहजीकरण प्रदान गरिरहेको जनाएको छ।

ग्राहकको आवश्यकता अनुसार सरल, सहज र प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउँदै आवास तथा निर्माण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले प्रदर्शनीमा सहभागिता जनाएको बैंकले जनाएको छ।

बैंकका अनुसार घर तथा जग्गा खरिद र घर निर्माण कर्जा आकर्षक ब्याजदरमा उपलब्ध गराइनेछ। प्रदर्शनी अवधिमा कर्जामा प्रशासनिक शुल्कमा समेत विशेष छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ।

भदौ महिनाका लागि बैंकको आधार दर ५.६४ प्रतिशत रहेको र सो आधार दरका आधारमा घरजग्गा खरिद तथा निर्माण कर्जा लिने ग्राहकले लाभ लिन सक्ने बैंकले जनाएको छ।

महालक्ष्मी विकास बैंकमार्फत कर्जा लिन इच्छुक ग्राहकले प्रदर्शनीमा रहेको स्टल नम्बर २२१ मा सम्पर्क गर्न सक्नेछन्। बैंकका प्रतिनिधिहरूले ग्राहकसँग प्रत्यक्ष अन्तरक्रिया गरी कर्जा प्रक्रिया तथा विभिन्न बैंकिङ सुविधाबारे जानकारी र परामर्श दिनेछन्।

गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend