जन आकाश
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल बैंक लिमिटेडबीच बैंकमा कार्यरत कर्मचारीहरूको जीवन बीमासम्बन्धी सम्झौता भएको छ।
सम्झौतापत्रमा नेशनल लाइफ इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत स्मृति राज कँडेल र नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्लेले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीहरूलाई जीवन सुरक्षा तथा आर्थिक सुरक्षाका लागि जीवन बीमा सुविधा उपलब्ध गराइनेछ। यस सहकार्यले कर्मचारीहरूको जोखिम व्यवस्थापन तथा दीर्घकालीन आर्थिक सुरक्षामा थप सहयोग पुग्ने विश्वास गरिएको छ।
सम्झौता कार्यक्रममा दुवै संस्थाका पदाधिकारी तथा अधिकारीहरूको उपस्थिति थियो। सहभागीहरूले कर्मचारीको सुरक्षा, कल्याण तथा दीर्घकालीन हितका लागि जीवन बीमाको महत्व रहेको उल्लेख गर्दै दुई संस्थाबीचको सहकार्यले संस्थागत सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।
नेशनल लाइफ इन्स्योरेन्सले ग्राहक तथा संस्थागत साझेदारहरूको आवश्यकता र हितलाई प्राथमिकतामा राख्दै विभिन्न जीवन बीमा तथा जोखिम व्यवस्थापनसम्बन्धी सेवा प्रदान गर्दै आएको जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend