जन आकाश
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारिताको मर्यादा र स्थापित अभ्यासलाई ध्यान दिन पत्रकारहरूलाई आग्रह गरेका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमाले निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले प्रश्न सोध्नुअघि सम्बन्धित व्यक्तिसँग अनुमति लिनुपर्ने बताए।
उनले अन्तर्वार्ता वा भनाइ प्रकाशित गर्नुअघि समेत सम्बन्धित व्यक्तिलाई जानकारी गराउने अन्तर्राष्ट्रिय पत्रकारिताको अभ्यास रहेको दाबी गरे।
ओलीले अनुमति नलिई माइक अगाडि ल्याएर प्रश्न नगर्न पत्रकारहरूलाई आग्रह गर्दै प्रश्न सोध्नुअघि अनुमति लिन र प्रकाशित गर्नुअघि आफूले भनेको कुरा प्रकाशन हुन लागेको जानकारी गराउनुपर्ने बताए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend