logo सोमबार, असोज ५ २०८३ | Monday 21st September 2026

अर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता


  • जन आकाश
  • सोमबार, असोज ५ २०८३

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्केका छन् । भारत सरकारको निमन्त्रणामा बिहीबार छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तीनदिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका थिए । भारतका प्रभावशाली मन्त्रीस्तरीय दुई भेटवार्ता, एक कूटनीतिक, एक सामाजिक, एक आर्थिक (व्यावसायिक र एक प्राज्ञिक मञ्चमा प्रमुख अतिथिका रूपमा सहभागी भएर अर्थमन्त्री वाग्ले आईतबार स्वेशश फर्केका हुन्।



भ्रमणका क्रममा रसुवामा गएको भोटेकोशी बाढीपछिको उद्धार र राहतमा भारत सरकारले पुर्‍याएको सहयोगप्रति सरकारका तर्फबाट भारत सरकारलाई धन्यवाद ज्ञापन गरिएको साथै, बाढीपछिको पुनर्निर्माणमा भारतसँग थप सहयोग र सहकार्यको प्रस्ताव गरिएको र दुई देशबीचको राजनीतिक, आर्थिक तथा कूटनीतिक सहकार्यलाई नयाँ ढङ्गबाट अघि बढाउने विषयमा पनि भेटघाट फलदायी भएको बिहीबार भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता भएको। भेटमा नेपाल (भारत आर्थिक सहकार्यका आयामहरूप्रति मन्थन भएको, शुक्रबार पूर्वविदेशसचिव श्याम शरणले आयोजना गरिएको उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएको

त्यसै दिन नेपालका अर्थमन्त्रीले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरेका सोही दिन साँझ भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अशरफले आयोजना गरेको बृहत् भेटघाट कार्यक्रममा पनि अर्थमन्त्री सहभागी भएको, सोही दिन दिउँसो प्रवासी नेपालीहरूको एक प्रतिनिधिमण्डलसँग भेट गरेको, शनिबार बिहान संविधान दिवसका अवसरमा नेपाली राजदूतावासमा आयोजित कार्यक्रममा पनि सहभागी भई सहिदहरु तथा जेन्जी पुस्ताको आन्दोलनलाई सम्झना गरिएको, भारतीय उद्योग परिसङ्घले आयोजना गरेको प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा नेपालको अर्थमन्त्रीको जिम्मेवारीमा सहभागिता जनाएको र शनिबार नै दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गरेको विकास अर्थनीतिबारेको प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी भई नेपाल र भारत बीचमा वान टु वान वार्ताहरु गरी आईतवार नेपाल फर्किनु भएको

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend