logo सोमबार, असोज ५ २०८३ | Monday 21st September 2026

एमाले केन्द्रीय कमिटी बैठकमा ओली र कृष्णगोपाल श्रेष्ठबीच चर्काचर्की


  • जन आकाश
  • सोमबार, असोज ५ २०८३

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र नेता कृष्णगोपाल श्रेष्ठबीच चर्काचर्की भएको छ।



केन्द्रीय कमिटी बैठक अध्यक्ष ओलीले सञ्चालन गर्न खोजेपछि श्रेष्ठले आपत्ति जनाएका थिए। एमालेमा केन्द्रीय कमिटी बैठक महासचिवले सञ्चालन गर्ने प्रचलन रहेको भन्दै श्रेष्ठले बैठक सञ्चालन गर्ने जिम्मेवारी महासचिवको भएको बताएका थिए।

आसनबाट उठेर श्रेष्ठले भने, ‘यो काम महासचिवको हो। तपाईंले सञ्चालन गर्न मिल्दैन। विधि र प्रक्रियाअनुसार जानुपर्छ।’

त्यसपछि अध्यक्ष ओलीले श्रेष्ठलाई अहिले नबोल्न आग्रह गरेका थिए। ओलीले भने, ‘तपाईं बस्नुस्। तपाईं अहिले बोल्न मिल्दैन।’

जवाफमा श्रेष्ठले थप आक्रोश व्यक्त गर्दै पार्टी सञ्चालनको शैलीप्रति प्रश्न उठाएका थिए।

‘तपाईं मलाई रोक्ने को हो? यो पार्टीमा मेरो पनि उत्तिकै योगदान छ। के गर्न सक्नुहुन्छ, गर्नुस्। तपाईंले गर्ने के हो गरे हुन्छ। पार्टी तपाईंको मात्रै हो? यस्तो तरिकाले पार्टी चल्छ? यही तरिकाले पार्टी चलाउने भन्नुभएको हो?’ श्रेष्ठले भने।

बैठक हलभित्र ओली र श्रेष्ठबीच चर्काचर्की भएपछि त्यहाँ रहेका स्वयंसेवकहरूले पत्रकारहरूलाई बाहिर पठाएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend