जन आकाश
काठमाडौं । नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री उपरथीमा बढुवा भएका छन्। मन्त्रिपरिषद् बैठकले प्रधानसेनापति अशोकराज सिग्देलका सैनिक सहायकका रूपमा कार्यरत खत्रीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो।
बुधबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले खत्रीलाई दज्र्यानी चिह्न प्रदान गरेका छन्। उपरथी दिपेशजंग शाह अवकाश भएपछि रिक्त रहेको पदमा खत्रीलाई बढुवा गरिएको हो।
यस्तै, बुधबार नै प्रमुख सेनानीबाट महासेनानीमा बढुवा भएका तीन जना सैनिक अधिकृतलाई पनि दज्र्यानी चिह्न प्रदान गरिएको छ।
महासेनानीमा बढुवा हुनेमा विवेक काफ्ले, प्रकाश थापा र सीताराम खड्का रहेका छन्। उनीहरूलाई पनि प्रधानसेनापति सिग्देलले दज्र्यानी चिह्न प्रदान गरेका हुन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend