logo बिहिबार, कार्तिक १३ २०८३ | Thursday 29th October 2026

एमालेको राष्ट्रिय भेला मंसिर २ र ३ गते, ३ हजार १६४ जना सहभागी हुने


  • जन आकाश
  • बिहिबार, कार्तिक १३ २०८३

काठमाडौं । नेकपा एमालेले आगामी मंसिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने भएको छ। भेलामा पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता, जनसङ्गठनका प्रतिनिधि तथा जनप्रतिनिधिसहित ३ हजार १६४ जना सहभागी हुने भएका छन्।



भेलामा पार्टी केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय निकायका सदस्य, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी सहभागी हुनेछन्।

त्यसैगरी, सम्पर्क तथा भारत प्रवासअन्तर्गतका प्रदेश कमिटी, सम्पर्क तथा विशेष कमिटीसहित ८८ जिल्ला कमिटीका पदाधिकारीलाई पनि भेलामा सहभागी गराइने बताइएको छ।

पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्षहरू पनि भेलामा सहभागी हुनेछन्।पार्टीको सङ्गठनात्मक गतिविधि र विभिन्न तहका नेता तथा कार्यकर्ताको सहभागितामा आयोजना हुन लागेको भेलामा देशभरका पार्टी प्रतिनिधि तथा जनप्रतिनिधिहरूको उपस्थिति रहनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend