logo शुक्रबार, कार्तिक १४ २०८३ | Friday 30th October 2026

भावी प्रधान सेनापतिको दौडमा अनुपजंग थापा, रथी बढुवाका लागि सिफारिस


  • जन आकाश
  • शुक्रबार, कार्तिक १४ २०८३

काठमाडौं । नेपाली सेनाको भावी प्रधान सेनापतिका रूपमा हेरिएका उपरथी अनुपजंग थापा रथीमा बढुवाका लागि सिफारिस भएका छन्।



रथी प्रदीपजंग केसीको अध्यक्षतामा बसेको बढुवा सिफारिस बोर्डको बैठकले थापाको नाम रथीमा बढुवाका लागि सिफारिस गरेको हो।

रथी गणेश श्रेष्ठले आगामी मङ्सिर ७ गते अवकाश पाएपछि रिक्त हुने पदमा थापालाई सिफारिस गरिएको हो। उनी रथीमा बढुवा भएमा प्रधान सेनापति अशोक सिग्देलपछि सेनापतिको सम्भावित उत्तराधिकारीको क्रमममा रहनेछन्।

बढुवा सिफारिस बोर्डले थापाको नामप्रति कुनै चित्त नबुझे उजुरी गर्न सात दिनको समय दिँदै सोमबार सूचना प्रकाशित गरेको छ।

यसैबीच, बढुवा सिफारिस बोर्डका अध्यक्ष रथी प्रदीपजंग केसीले पनि आगामी मङ्सिर १५ गते अवकाश पाउँदैछन्। उनको अवकाशपछि रिक्त हुने पदमा मधुकर कार्कीलाई सिफारिस गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ।

थापाको बढुवा प्रक्रिया पूरा भएसँगै नेपाली सेनाको भावी नेतृत्वको उत्तराधिकारसम्बन्धी समीकरण थप स्पष्ट हुने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend