logo शुक्रबार, कार्तिक १४ २०८३ | Friday 30th October 2026

गृह मन्त्रालयद्वारा एन प्याब्सन निलम्बित, अर्को निर्णय नभएसम्म गतिविधिमा रोक


  • जन आकाश
  • शुक्रबार, कार्तिक १४ २०८३

काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) लाई निलम्बन गरेको छ। मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि संस्थालाई निलम्बन गरिएको जनाएको हो।



मन्त्रालयका अनुसार पटक–पटक दिइएका निर्देशन पालना नगरेको तथा संगठनका पदाधिकारीले सरकारबाट स्वीकृत विधान र संस्थाको मूल उद्देश्यविपरीत गतिविधि गरेको पाइएपछि निलम्बनको निर्णय गरिएको हो।

यसअघि मन्त्रालयले असोज २३ गते सम्बन्धित सरोकारवालासँग छलफल गरेको थियो। छलफलका क्रममा गत मंसिर १२ गते जारी निर्देशनअनुसार काम गर्न आग्रह गरिए पनि त्यसको पालना नभएको मन्त्रालयले जनाएको छ।

निलम्बनसम्बन्धी सूचना जारी भएसँगै संस्थाको नाममा कुनै पनि समूह वा गुटले गतिविधि सञ्चालन गरेमा त्यस्ता कार्य गैरकानुनी हुने र संलग्नमाथि कारबाही गरिने चेतावनीसमेत मन्त्रालयले दिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend