जन आकाश
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई विकास सहकार्य प्याकेजअन्तर्गत २४० अर्ब नेपाली रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन्।
नयाँदिल्लीस्थित हैदराबाद हाउसमा प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले उक्त घोषणा गरेका हुन्। मोदीका अनुसार भदौ १० गतेको भोटेकोशी–त्रिशूली बाढीपछिको पुनर्निर्माण तथा नेपालको दीर्घकालीन विकासलाई मजबुत बनाउन उक्त रकम उपलब्ध गराइनेछ।
उनले विपद्बाट प्रभावित परिवारको जीवनलाई पुनः सामान्य अवस्थामा फर्काउन, नयाँ अवसर सिर्जना गर्न र भविष्यमा हुन सक्ने विपद्को सामना गर्ने नेपालको क्षमता अभिवृद्धि गर्न सहयोग गर्ने बताए।
मोदीले पत्रकार सम्मेलनमा भने, “नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासलाई मजबुत बनाउन २४ हजार करोड नेपाली रुपैयाँको विकास सहकार्य प्याकेज घोषणा गर्दछु।”
यद्यपि, घोषणा गरिएको २४० अर्ब रुपैयाँमध्ये कति रकम अनुदान र कति ऋणका रूपमा उपलब्ध गराइने हो भन्नेबारे भने विस्तृत विवरण सार्वजनिक भएको छैन।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend