logo सोमबार, मंसिर ७ २०८३ | Monday 23rd November 2026
logo

सोमबार, मंसिर ७ २०८३ | Monday 23rd November 2026

प्रधानमन्त्री बालेनद्वारा भारतीय राष्ट्रपति मुर्मूसँग शिष्टाचार भेट


  • जन आकाश
  • सोमबार, मंसिर ७ २०८३

काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका छन्।



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार भारत पुगेका प्रधानमन्त्री शाहले सोमबार राष्ट्रपति भवन पुगेर राष्ट्रपति मुर्मूसँग भेटवार्ता गरेका हुन्।

भेटमा नेपालका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे र प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सुभाष शर्मा सहभागी थिए।

त्यस्तै, भारतीय पक्षबाट विदेश सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलासहित विभिन्न सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रधानमन्त्री शाहको यो भारत भ्रमणलाई नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यलाई थप मजबुत बनाउने अवसरका रूपमा हेरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend