logo सोमबार, मंसिर ७ २०८३ | Monday 23rd November 2026
logo

सोमबार, मंसिर ७ २०८३ | Monday 23rd November 2026

प्रधानमन्त्री बालेनद्वारा भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा


  • जन आकाश
  • सोमबार, मंसिर ७ २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्।



भारत भ्रमणका क्रममा सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहले मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका हुन्।

प्रधानमन्त्री शाहले संयुक्त पत्रकार सम्मेलनमा भने, “यस महत्वपूर्ण अवसरमा महामहिम श्री नरेन्द्र मोदीज्यूलाई सम्पूर्ण नेपाली जनताको तर्फबाट नेपाल भ्रमणको हार्दिक निमन्त्रणा दिन चाहन्छु।”

त्यसैगरी, प्रधानमन्त्री शाहले भारतका नागरिकहरूलाई पनि नेपाल भ्रमण गर्न आग्रह गरेका छन्।

उनले हिमालयको काखमा अवस्थित मुक्तिनाथ, भगवान् पशुपतिनाथ, तराईको समथर भूमिमा रहेकी माता जानकी, जीवित देवी कुमारी तथा शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल नेपाल भ्रमणका लागि भारतीय नागरिकलाई हार्दिक निमन्त्रणा गरेका हुन्।

प्रधानमन्त्री शाहले नेपालका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरूको भ्रमण गरेर दुई देशबीचको जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउनसमेत आग्रह गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend