logo सोमबार, मंसिर ७ २०८३ | Monday 23rd November 2026
logo

सोमबार, मंसिर ७ २०८३ | Monday 23rd November 2026

काठमाडौं–भैरहवा–लखनउ हवाई रुट दुईतर्फी सञ्चालन गर्न नेपाल–भारतबीच सहमति


  • जन आकाश
  • सोमबार, मंसिर ७ २०८३

module: a; hw-remosaic: 0; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: Auto; cct_value: 0; AI_Scene: (6, -1); aec_lux: 160.0; hist255: 0.0; hist252~255: 0.0; hist0~25: 0.0;

काठमाडौं । नेपाल र भारतबीच काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई दुईतर्फी सञ्चालन गर्ने सहमति भएको छ।



भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको सहमतिअनुसार हाल एकतर्फी रूपमा सञ्चालन हुँदै आएको ‘बी३४५’ हवाई रुटलाई अब दुईतर्फी बनाइने भएको हो।

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा दुवै देशका नेताहरूले नागरिक उड्डयनसम्बन्धी छलफललाई सकारात्मक रूपमा लिँदै हवाई सम्पर्क विस्तार र द्विपक्षीय आर्थिक गतिविधि बढाउने विषयमा जोड दिएका छन्।

उक्त हवाई रुटलाई दुईतर्फी सञ्चालन गर्न आवश्यक प्राविधिक परामर्श गरिने र त्यसका आधारमा सञ्चालनको मोडालिटीलाई अन्तिम रूप दिइने संयुक्त वक्तव्यमा उल्लेख छ। त्यस्तै, छलफलमा रहेका नागरिक उड्डयनसम्बन्धी अन्य प्रस्तावलाई पनि प्राविधिक परामर्शमार्फत अघि बढाउने सहमति भएको छ।

यस सहमतिले विशेषगरी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसैबीच, नेपालले लामो समयदेखि जनकपुर र भैरहवाबाट हवाई प्रवेश विन्दु तथा महेन्द्रनगरबाट पश्चिमी हवाई रुट उपलब्ध गराउन भारतसँग माग गर्दै आएको छ। विशेषगरी पश्चिमतर्फबाट काठमाडौं आउने अन्तर्राष्ट्रिय उडानलाई महेन्द्रनगरको हवाई रुट प्रयोग गर्न दिनुपर्ने नेपालको माग करिब १२ वर्षदेखि सम्बोधन हुन सकेको छैन।

तर, प्रधानमन्त्री शाहको यस भ्रमणमा पनि महेन्द्रनगर हवाई रुटको विषय टुंगोमा पुग्न सकेन। भारतले भने हवाई रुटसम्बन्धी विषयलाई प्याकेजमै टुंग्याउन प्रस्ताव गर्दै आएको छ।

भारतले नेपाललाई महेन्द्रनगरको हवाई रुट उपलब्ध गराउने विषयसँगै आफ्नो पश्चिम बंगालस्थित बागडोगरा र बिहारको रक्सौल विमानस्थलमा उडानका लागि नेपाली आकाश प्रयोग गर्न दिनुपर्ने प्रस्ताव राख्दै आएको छ।

नेपालले भने हवाई रुटको विषयलाई प्याकेजमा राखेर छलफल गर्न तयार नभएको सन्देश भारतलाई दिएको छ। त्यसपछि थप प्राविधिक अध्ययन र परामर्शमार्फत विषय टुंग्याउने समझदारी बनेको हो।

बागडोगरा विमानस्थलबाट व्यावसायिक उडान सञ्चालन गर्न नेपाली आकाश प्रयोग गर्न दिन सकिने भए पनि त्यहाँबाट हुने सैन्य उडानका लागि भने नेपालले सहमति दिन नसकिने स्पष्ट पारेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend